प्रदेश एकमा ओली समूहद्वारा सदन सञ्चालनमा अवरोध, बैठक फागुन ९ गतेसम्मका लागि स्थगित

विराटनगर । प्रदेश एकको प्रदेशसभाको हिउँदे तथा सातौैँ अधिवेशन कुनै प्रक्रिया अघि नबढी स्थगन भएको छ । आइतबार दिउँसो दुई बजे बैठक बस्ने भनिए पनि यसअघि संसदीय कार्य परामर्श समितिको बैठकमा सदन चलाउन सहमतिको प्रयास खोज्दा पनि सहमति जुट्न नसकेपछि बैठक स्थगन गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

सदन तीन बजेर ५६ बजे प्रारम्भ हुँदा सत्ता पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय क्रियाकलाप विपरीत काम गर्ने १६ जना सदस्यले संसद्को कुनै पनि गतिविधिमा भाग लिन नपाउने बैठकको प्रारम्भमै उभिएर प्रस्ताव गरेपछि सभामुख भण्डारीले तत्काल आजको बैठक अन्त्य गरी आगामी फागनु ९ गते अपराह्न २ बजे बस्ने घोषणा गरे ।

नेकपाको प्रचण्ड-नेपाल समूहले बहुमतको सरकारमा ३७ सदस्यले सरकारप्रति अविश्वासको प्रस्ताव दर्ता गराएको थियो भने तीमध्ये पाँच सदस्यले सो प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका छन् । सत्ता पक्षले १६ सदस्यलाई सरकारविरुद्ध क्रियाकलाप गरेको आरोपमा निलम्बन गरेको छ ।

प्रमुख सचेतक राजभण्डारीले सदनमा आएको गतिरोधलाई अन्त्य गर्न र सदनलाई पुनःसञ्चालन बनाउन अब अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गर्ने जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले संसदीय अभ्यासमा पहिलो पटक सत्तापक्षबाट नै सदन सञ्चालनमा अवरोध सिर्जना भएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *