झुलाघाट नाका सञ्चालनमा

बैतडी । भारतसंग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै शनिबारदेखि सो नाका सञ्चालनमा आएको जनाएको छ ।
नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णय अनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो । तर भारतीय पक्षको ढिलाइका कारण १ हप्तापछि नाका सञ्चालनमा आएको हो ।
नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । उनले भने –अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरेको थियो । यस्तै लामो समयदेछि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुसी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *