अपहरित बालकको भारतबाट सकुशल उद्धार

जनकपुर । तीन दिनअघि सिरहाबाट अपहरणमा परेका २ वर्षीय बालकलाई प्रहरीले भारतबाट सकुशल उद्धार गरेको छ । तर अपहरणकारीलाई भने पक्राउ गर्न सकेन ।

सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका २ वर्षीय छोरा प्रियांशु यादव आँगनमा खेलिरहेका बेला अपहरणमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिराहका प्रमुख सुदीपराज भण्डारीले अपहरित बालकलाई सकुशल उद्धार गरेपनि अपहरित भने भाग्न सफल भएको बताए ।
उनका अनुसार बच्चा फेला परेको भारतीय गाउँ सीमा क्षेत्रबाट करिव ७÷८ किलोमिटर दूरीमा पर्छ । बच्चालाई उद्धार गरेर ल्याउने वित्तिकै प्रहरीले आमा संगीताकुमारी यादवलाई जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *