बांके । बांके राष्ट्रिय निकुञ्ज मा संचालित अपरेशन महाहण्ट–७ अन्र्तगत खटिएको नेपाली सेना र निकुञ्जर कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियार सहित निकुञ्ज ईलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा सल्यान कालिमाटी गाउंपालिका –३ बस्ने भिमबहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्ने क्रममा निकुञ्ज सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने उनी सहित ९ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पनेृमा रत्न थापा मगर,कृष्ण बहादुर थापा,सोमबहादुर खत्री,टेक बहादुर कुंवर, कुमार थापा,धनबहादुर थापा,देव प्रसाद थापा र तिलक डांगी रहेका छन ।
उनीहरुले गोठ तथा घर नजिकको झाडीहरुमा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको भरुवा बन्दुक नाल–६ सहित आवश्यक कारवाहीको लागि निकुञ्जन कार्यालयमा बुझाइएको छ ।
अपरेशन महाहण्ट–७ अन्तर्गत भइरहेका सफल कारवाहीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।
