बृहत् नागरिक आन्दोलन-२०७७ को ट्वीटर अकाउन्ट ह्याक

काठमाडौँ ।  बृहत् नागरिक आन्दोलन-२०७७ को ट्वीटर अकाउन्टमा केहीबेर ह्याक भएकाे छ ।आज बिहान तीन घन्टासम्म ट्वीटर अकाउन्टमा अवरोध आएको आन्दोलनका अगुवा उज्जवल प्रसाईंले बताए ।

उनका अनुसार ट्वीटर आफैंले केही समय ट्वीटर ह्याण्डल सञ्चालनमा अवरोध गरेको हुनसक्ने आशंका गरिएको छ । ट्वीटर ह्याण्डलको नाम र टाइमलाइनमा राखिएका फोटोहरू हटाइएपछि पुन: अकाउन्ट सुचारू भएको प्रसाईंले बताए ।

ट्वीटर ह्याण्डल ‘स्टप ओलीगार्की’ भन्ने थियो । अहिले शब्द परिवर्तन गरी ‘स्टप ओलीघार्की’ बनाइएको छ । ट्वीटर अकाउन्टमा प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको हत्या गरे भन्ने आशयको चिन्ह प्रयोग गरी टाइमलाइनमा फोटो राखिएको थियो । उक्त फोटो अहिले परिवर्तन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *