USAID

मुस्लिम समुदायको अधिकारका निम्ति सामूहिक रुपले काम गर्ने अध्यक्ष अन्सारीको प्रतिवद्धता


काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामूहिक रुपले काम गर्ने प्रतिबद्दता व्यक्त गरेका छन्।

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरुपको मुस्लिम आयोगको उद्देश्य पूरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामूहिक रुपमा काम गर्ने प्रतिबद्दता व्यक्त गरेका हुन्।

लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरू आयोगको सदस्य भएर आएको भन्दै उनले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताए।

बुधबार विभिन्न संवैधानिक निकायका सदस्यहरुले शपथग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन्। मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समूहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाइ छ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *