USAID

नेकपा केन्द्रीय कमिटीको निर्णय आयोगले नसुन्नु गलत: नारायणकाजी श्रेष्ठ


काठमाडौं। निर्वाचन आयोगले नेकपा केन्द्रीय कमिटीको बैठकको निर्णय नसुन्नु सही नभएको नारायणकाजी श्रेष्ठले टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध​ आन्दोलनबारे नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय संघर्ष समिति विशेष संवाद कार्यक्रममा प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्।

प्रतिगामी कदमलाई असफल पारेर लोकतन्त्रलाई रक्षा गर्नमा सबै लाग्नुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले पार्टी चोइट्याएको उनले तर्क गरे।

‘पार्टी चोइट्याउने र कम्युनिस्ट आन्दोलनको अवसर र पार्टीलाई कमजोर बनाउन ओली लागे। त्यो कम्युनिस्ट आन्दोलनमाथिको प्रहारलाई हामीले रोकेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘आयोगलाई वैधानिक रुपमा बनाउन पहल गरिरहेका छौँ। ओलीलाई विधानअनुसार हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको अनुरोध गरेको थियौँ। तर, हाम्रो विधानअनुसार निर्णयलाई आयोगले अझै सुनेन।’

दुई तिहाईको बहुमतसहितको केन्द्रीय कमिटीको बैठक बसेर वैधानिक ढंगले निर्णय गर्दा आयोगले त्यो निर्णय सदन नगर्नु दुःखद भएको बताए। निर्वाचन आयोगले हाम्रो पार्टीलाई अध्यावधी गर्ने आग्रह गरेका थियौँ। तर, पार्टीको वैधानिक अध्यक्ष ओली र प्रचण्ड भएको बतायो। त्यो सही छैन भन्ने हाम्रो ठहर छ।’

निर्वाचन आयोगको निर्णयपछि पार्टी वैधानिकताको विषयमा नयाँ विवाद सुरु भएको उनले बताए। ‘आयोगको निर्णयले नयाँ विवाद थपियो। त्यसैले राजनीतिक दलको एनअनुसार हाम्रो फेरि आज दाबी पेस गरेका छौँ’, उनले भने, ‘आज अध्यक्षद्वय प्रचण्ड र माधवसहित‍ नेता‍ गएर आफ्नो प्रमाणसहितको दाबी पेस गरेका छौँ।’

सर्वोच्च र निर्वाचन आयोगले संविधान अनुसार अघि बढ्नुपर्ने श्रेष्ठले बताए। उनले संसद पुनःस्थापना हुनेमा विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनको छलफल गर्नका सबै दलसँग वार्ता गरिरहेको बताए।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *