दोलखाबाट काठमाडौं आइरहेको बस लामोसाघु जिरी सडकखण्डको ११ किलोमा दुर्घटना, १५ भन्दा बढी घाइते

काठमाडौं । दोलखाबाट काठमाडौ आइरहेको अरनिको यातायातको बस लामोसाघु जिरी सडकखण्डको ११ किलो भन्ने स्थानमा दुर्घटना भएको छ । बा ३ ख  २७८९ नम्बरको बस लामोसाघु जिरी सडक खण्ड को ११ किलो भिरकुना नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना भन्दा बढी बढी घाइते भएका छन् । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेका छन् । घाइतेहरुको सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

फोटोः दिनेश थापाको फेसबुकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *