सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बझाङ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए।

उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ। यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए।

उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *