आगलागीमा परी दुई बालबालिकाको मृत्यु

सोलु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ। स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ।

आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। माथिल्लो तलामा घाँसलगायतका सामग्री राखिएको मतानमा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बालक र बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *