ताइवानको स्वाधिनताको अर्थ नै युद्ध हो : चीन

बेइजिङ । चीनले शनिवार ताइवानलाई स्वाधिनताका लागि गरिने कुनै पनि प्रयासको अर्थ ‘ युद्ध शुरु ’ हुनु हो भन्दै चेतावनी दिएको छ । टापुको स्वरुपमा रहेको ताइवान नजिक चीनले आफ्नो सैनिक गतिविधिहरु बढाउँदै लडाकु विमानहरु उडाउन थालेको केही दिन पछि नै चीनको यो चेतावनी सार्वजनिक भएको हो । साथै अमेरिकाको नयाँ राष्ट्रपति जोय बाइडेनले ताइवान प्रतिको आफ्नो समर्थन प्रतिवद्धता जनाउँदै एसियामा आफ्नो अडान कायम रहने बताएपछि चीनले यसरी ताइवानलाई चेतावानी दिएको हो । अमेरिकाले चीनको पछिल्लो कदम निकै दुर्भाग्यपूर्ण रहेको भन्दै तनावको कारण द्वन्द्व निम्तन नहुने पनि बताएको छ ।
चीनले पहिलेदेखि नै ताइवानलाई आफ्नो प्रान्तको रुपमा हेर्दै आएको छ । तर ताइवानले भने आफुलाई आफ्नै संविधान , सेना र निर्वाचित नेताहरु भएको एक सार्वभौम राष्ट्रको रुपमा लिने गरेको छ । अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुका अनुसार ताइवान सरकार औपचारिक रुपमा स्वाधिनता घोषणा गर्न गइरहेको ठानेर चीन निकै चिन्तित रहने गरेको छ । चीन ताइवानका राष्ट्रपति त्साई इंग–वेनलाई त्यस्तो कुनै कदम नचाल्न चेतावनी दिन चाहिरहेको पनि बताइएको छ ।
तर राष्ट्रपति त्साइले यस अघि नै पटक पटक ताइवान पहिले देखि नै स्वाधिन मुलुक रहेकाले कुनै औपचारिक घोषणाको आवश्यकता नै नरहेको बताउँदै आएका छन् । विहीवार चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वु क्वियनले ताइवान नजिकको पछिल्लो सैनिक अभ्यासहरु ताइवान जलडमरुमा देखिएका वर्तमान सुरक्षा व्यवस्थालाई सम्वोधन गर्न र राष्ट्रिय सार्वभौम र सुरक्षाको बचावटका लागि आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।
उनले अगाडि भनेका छन् , ‘ बाह्य हस्तक्षेप र ताइवान स्वतन्त्र फौजले निहुँ खोज्ने गरेको कारण सौम्या र गम्भीर प्रतिक्रियाको रुपमा मात्र ति सैनक अभ्यास गरिएका हुन् । हामी ताइवान स्वाधिनताका ततवहरुलाई चेतावनी दिन चाहन्छौं । आगोसंग जिस्किन खोज्नेहरु आफैं जलेर नष्ट हुनेछन् । ताइवानको स्वाधिनताको अर्थ नै युद्ध हो । ’
सन् १९४९ मा चीनको गृहयुद्ध अन्त्य भए देखि नै चीन र ताइवानको छुटाछुटै सरकारको व्यास्था हुन थालेको हो । बेइजिंगले लामो समय देखि ताइवानको अन्तर्राष्ट्रिय क्रियाकलापहरुलाई सिमित पार्न खोजिरहेको हो । विश्वका केहि थोरै मुलुकले मात्र ताइवानलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *