मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते

हेटौंडा । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आइरहेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस छतिवनमा शुक्रबार बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए । बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *