कितावखानाका चालक र क्यान्टिन संचालक ५२ हजार घुससहित पक्राउ

काठमाडौं । राष्ट्रिय कितावखाना (शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपाने ५२ हजार घुससहित पक्राउ परेका छन् ।

अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ५२ हजार रुपैयाँ घुस लिएका उनीहरुलाई पक्राउ गरेको हो ।

रकम लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई कार्यालय परिसरको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *