रेडपाण्डाको छालासहित तीन जना पक्राउ

बाँके। रेडपाण्डाको छालासहित तीन जना पक्राउ परेका छन्।

बाँके कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट रेडपाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-१० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ का ४२ वर्षीय धनबहादुर शाही र सल्यान वनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन छन्।

उनीहरूले सो ठाउँमा रेडपाण्डाको छाला अवैध कारोबार गर्न लागेको भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो। सोही सूचना अनुसार खटिएको टोलीले होटलको कोठा नम्बर ११३ बाट उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले दुई थान रेडपाण्डाको छाला बरामद गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *