USAID

निर्वाचनमा प्रचण्ड-नेपाल पक्षको १० सिट मात्रः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड- नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन्।

बुधबार आफूनिकट आदिबासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन्।

उनले प्रचण्ड-माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे।

जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड-माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरूको भएको बताए।

विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एक ढिक्का बनाई अघि बढाउने पनि बताए।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *