USAID

खोप अभियानलाई सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न प्रधानमन्त्रीको आह्वान


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड १९ विरुद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रुपमा कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले खोप अभियान सुरुवात भएसँगै कोभिडविरुद्धको लडाईं नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

उनले माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान गरे । प्रधानमन्त्रीले सबै नागरिकलाई यो खोप निःशुल्क उपलब्ध हुने स्पष्ट पारेका छन् । उनले अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए ।

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खोप उपलव्ध गराएकोमा विशेष धन्यवाद दिए । त्यसक्रममा उनले अन्य देशसँग समेत खोपवारे कुराकानी भइरहेको र भारतसँग थप खोप किन्ने पहल भइरहेको जानकारी दिए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *