रञ्जिताको ‘पानै त खाने सुपारी चुन’

गायक च्वाईस दोङ र रञ्जिता घिसिङको नयाँ फापारे सेलो ‘पानै त खाने सुपारी चुन’ सार्वजनिक भएको छ । निगम दोङको शब्द निर्मित गीतमा प्रयास तामाङको संगीत रहेको छ । डम्बर राईले छायाँकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। मनोज कार्कीले भिडियोलाई सम्पादन गरेका हुन्।

मोडलिङ क्षेत्रमा एकदमै सम्भावना बोकेकी सुमिता तामाङ दोङले भिडियोमा आफ्नो उत्कृष्ट कला पस्कन सफल भएकी छिन् । उनको साथमा गीतमा कुईसाङ रुम्बा, अनिता नेगी,सन्तोस तामाङ दोङ, राज दोङ,सरु थिङ,दिनेश योन्जन र माया लुङ्बाको राम्रो अभिनय देख्न सकिन्छ । सेलो संङगालोको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विभिन्न लय र शब्दहरुले भरिएको तामाङ सेलोको बजार दिनान्दिन फराकिलो हुदैं गईरहेका परिवेशमा लोक फापारे सेलो,सैलुङ्गेका साथै आधुनिक सेलोहरुले पनि तामाङ समाजमा मात्र नभई समग्र नेपाली समाजमा समेत आकर्षण बढाएको पाईन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *