गोरखा । पूर्व युवराज पारस शाह पूजाआजाको लागि गोरखा पुगेका छन् । पूर्वराजपरिवारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाका लागि गोरखा पुगेका हुन् । गएराती १२ बजे गोरखा पुगेको उनको स्वागतमा सहभागी सुदीप ढकालले जानकारी दिए ।
उनी गोरखा दरबार नजिकै रहेको होटल वृन्दावनमा बसेका थिए । बुधबार बिहान नौ बजे पूजामा सहभागी भई फर्कने कार्यक्रम रहेको ढकालले जानकारी दिए । उनको स्वागत गर्न लागि गोरखा सदरमुकाम आसपासका राजसंस्थाप्रति आस्थावानहरु, राप्रपाका नेता कार्यकर्ताहरु भेला भएका थिए ।