ट्रम्पविरुद्धको महाभियोग सिनेटमा

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका डेमोक्र्याटहरूले डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको पत्र माथिल्लो सदन सिनेटमा बुझाएका छन्।

पूर्वराष्ट्रपतिविरुद्ध महाभियोग लगाउनु पर्ने कारण अमेरिकी संसद् भवनमा भएको हमलामा उनको भूमिका उल्लेख गरिएको छ। सिनेटमा उनको सुनुवाइ अर्को दुई साता सुरु हुने छैन। महाभियोग पारित हुनका लागि सिनेटका कम्तीमा सबै दुई तिहाइ अर्थात् ६७ सिनेटरले मत दिनुपर्छ। सिनेटका ५० सदस्य डेमोक्रेट छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *