नागरिक अगुवाको मार्चपासमा प्रहरी हस्तक्षेप

काठमाडौं । संसद विघटनको विरोधमा नागरिक अगुवाहरुले गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरीदेखि शुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो । र्याली कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल, भाटभटेनी हुँदै बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *