थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु, ४०३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६९४५० पुगेको छ ।

त्यसैगरी आइतबार थप ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६४१३७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २००१ पुगेको छ । क्वारेन्टाइनमा १४५ जना छन् भने आइसोलेसनमा ३३१२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *