वाइएसके समूहको ‘रेबन चस्मा’

काठमाडौँ । तामाङ र्याप गीत ‘रेबन चस्मा’ सार्वजनिक भएको छ । करिब ५ वर्षको अन्तरालपछि वाइएसके समूह यस गीतमार्फत पुनः दर्शकमाझ फर्किएको हो । गीतमा शब्द संगीत र स्वर वाइएसके समूहकै रहेको छ भने भोकलमा शशीकला मोक्तानले साथ दिएकी छिन् ।

कर्साङ लामाले एरेन्ज गरेको गीतलाई डिका गुरुङले मिक्सिङ गरेका छन् । गीतको निर्देशन अमिर दोङ्ले गरेका छन् भने छायाँकन संकल्प भुजेलको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *