इन्टेग्रीटी आइकनबाट पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित

काठमाडौं । इन्टेग्रीटी आइकन नेपाल २०२० बाट यसवर्ष पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा नेपालगञ्ज स्वास्थ्यचौकी, बाँकेकी जनस्वास्थ्य निरीक्षक आरती थारु, वन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवलका महाशाखा प्रमुख दीपक ज्ञवाली, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आले मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछामकी अधिकृत मञ्जु महत र नीलकण्ठ उच्च माध्यामीक विद्यालय, धादिङका शिक्षक नविनबन्धु पहाडी रहेका छन् ।

कोभिड – १९ को जोखिम कायमै रहेकोले यस वर्षको सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । ५० जना प्रत्यक्ष सहभागी रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारणमा ५० हजार भन्दा बढी व्यक्तिले हेरेका थिए ।

पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आमनागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो । १५०० भन्दा बढी मनोनयन मध्ये पाँच जना उत्कृष्ट कर्मचारीलाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको छ ।

जस अन्तर्गत, आरती थारु “Integrity With Courage”, दिपक ज्ञवाली “Integrity With Action”, हेमबहादुर आले मगर “Integrity With Innovation”, मञ्जु महत Integrity With Empathy” र नविनबन्धु पहाडी “Integrity With Compassion”, , टाईटलबाट सम्मानित भएका थिए ।

भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र हैन, इमानदार राष्ट्रसेवक कर्मचारीको पहिचान सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु भएको यो अभियान सातौँ संस्करणसम्म आइपुग्दा, विश्वका १२ वटा देशमा विस्तारित भईसकेको छ ।

ईन्टेग्रिटी आईकनबाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै राजनीतिक विश्लेषक हरि शर्माले भने, “नायकको आफ्नै बिम्ब हुन्छ र ऊ जहिले पनि भिडबाट अलग हुन्छ । सरकारी सेवामा प्रवेश गर्दा सबै समान हुन्छन्, आफ्नो गुणवक्ताका कारण फरक भएकै कारण आज आम नागरिकले क्ष्लतभनचष्तथ क्ष्अयल को पहिचान गर्यो ।”

त्यसै गरेर,आयोजक संस्था एकाउन्ट्याविलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले भने, “इमानदार कर्मचारीको राज्यलाई जहिले पनि खाँचो छ । संकटमा उहाँहरूले राष्ट्रलाई अझ बढी योगदान दिन सक्नुहुन्छ । कोरोना महामारीमा पनि वहाँहरूले आफ्नो दायित्व जिम्मेवारीपूर्ण रुपमा पालना गर्नुभयो । त्यसैले पनि महामारीको बिचमा यो अभियानलाई निरन्तरता दिन हौसला दियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *