मंगोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

उनलवटोर । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन्। एक सुत्केरी र उनको शिशुको उपचारमा लापरबाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिनुपरेको हो।

उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ। संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए।

कोरोना भाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत वर्षदेखि नै नाकाबन्दीलगायतका उच्च  सतर्कताका उपायहरु अपनाएको थियो। त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि फेरि प्रतिवन्धात्मक व्यवस्थाहरुलाई थप कडा बनाइएको थियो।

कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै जन्माएकी महिला र ती शिशुसँग कोरोना भाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *