अब अमेरिका जाने यात्रुका निम्ति कोभिड परीक्षण र क्वारन्टीन आवश्यक

वासिनटनडिसी । कोरोना भाइरस महामारीले आक्रान्त बनेको संयुक्त राज्य अमेरिकामा सो भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न नवनिर्वाचित राष्ट्रपति जोय बाइडनले कैयौं कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति बाइडनले सत्ता सम्हाल्ने बित्तिकै खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन्। उनले मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने बताइएका छन।

यसक्रममा १० वटा नयां कार्यक्रम घोषणा गर्दै बाइडनले महामारी नियन्त्रण गर्न महिनौँ लाग्ने तर यदि मानिसहरू एकताबद्ध भए अमेरिकाले यसलाई परास्त गर्ने बताएका छन ।
राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशहरूलाई संसद्को अनुमोदन आवश्यक हुँदैन तर बाइडनले घोषणा गरेका कैयौँ उपायहरू कार्यान्वयन गर्न आवश्यक स्रोतको व्यवस्था उनले गत साता सार्वजनिक गरेको १.९ ट्रिलियन डलरको राहत प्याकेजमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *