संसद विघटनविरुद्धको सडक आन्दोलनमा सहभागी हुन प्रचण्ड-नेपाल समूहको अपील

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सडकमा आउन सवैलाई अपील गरेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमबार अपील जारी गरी ओलीको कदमविरुद्ध सडकमा आउन सवैलाई आग्रह गरेका हुन् ।

अपीलमा भनिएको छ, ‘प्रधानमन्त्री यतिबेला के ठिक र के बेठिक छुट्याउन सकिरहेका छैनन् । प्रतिनिधिसभालाई अचेत बनाएका छन् र न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवम् धम्की दिइरहेका छन् । यस्तो अवस्थामा राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुनस्र्थापना गर्नु बाहेक अर्को विकल्प देखिँदैन ।’

उनीहरुले संसद् विघटन गर्ने ओलीको कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको अवस्थामा सम्पूर्ण न्याप्रेमी जनतालाई सडकमा आएर ‘प्रतिगामी’ कदम असफल पार्न आग्रह गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *