USAID

थप २६६ जनालाई कोरोना संक्रमण, पाँच जनाको मृत्यु, चार सय जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप २६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २६६ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७३२२ पुगेको छ ।

त्यसैगरी आइतबार थप ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६१४४४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५९ पुगेको छ । क्वारेन्टाइनमा २२१ जना छन् भने आइसोलेसनमा ३९१९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *