USAID

सरकारले संसद् विघटन गर्न नपाउने गगन थापाको जिकिर


काठमडौं । नेपाल कांग्रेसका नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन् । नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।” हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो ।

कांग्रेसका नेता उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बताए । ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *