न्यायाधीशसँग भेट गरेको कुरा गलत होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । काठमाडौंमा ओली समूहको प्रदेश एकका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परिस्थिति बुझेर पार्टीमा आउन आग्रह गरेका हुन् ।

उनले भने, अब त परिस्थितिको मूल्यांकन बुझ्नु भयो होला नि आउनुस् अब पार्टीमा । तपाइँरुको अध्यक्ष, बरिष्ठ नेता सबैको पद सुरक्षित छ ।’ उनले प्रचण्ड नेपाल समूहलाई निर्वाचनबाट नभाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहलाई निर्वाचन विरोधी गतिविधि नगर्न आग्रह गरे ।

उनले निर्वाचन भएमा त्यसबाट आफूहरुको हालत खराब हुने देखेर उनीहरु डराएको बताए । उनले भने, ‘निर्वाचन आयोगमा गएर साथीहरुले निर्वाचनको काम अघि नबढाउनु भन्नु भएछ । आयोगलाई स्वतन्त्र ढंगले कार्यक्रम गर्न नदिने ? योभन्दा हद के हुन्छ ?’ उनले निर्वाचनमा जाँदा देश संकटमा नजाने बताए ।

उनले भने, ‘अहिले निर्वाचनमा जाँदा देश संकटमा जान्छ रे । दुई वर्ष पछि त निर्वाचन भइहाल्थ्यो नि । यीनीहरु निर्वाचन नगर्ने रहेछन् ।’ उनले स्वतन्त्र न्यायालयलाई नधम्क्याउनसमेत चेतावनी दिएका छन् । प्रधानमन्त्रीले भने, ‘अदालतले हामीले भनेको नमाने जनताबाट फैसला गर्छौं रे । लोकतन्त्रमा अदालत स्वतन्त्र काम गर्न दिनुपर्छ । धम्की दिने ?’

उनले केपी ओली मान्छे हसाउँदै हिँड्छ भन्ने चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘के मान्छे मार्दै हिँडौं त म ? विधवा बनाउँदै हिडौं त ? म बालबालिका किशोर किशोरीको अनुहारमा मुस्कान ल्याउन चाहन्छु । मजदूर किसानका अनुहारमा मुस्कान, बृद्धबृद्धाका अनुहारमा मुस्कान ल्याउन चाहन्छु । सरकारले अभिभावक बन्नुपर्छ भनेर काम गरिरहेका छौं । रुवाउनुको पनि हद हुन्छ नि कसैको घोडा, गाडी, कसैलाई मारेर कुटेर लुटेको छ । जोक्करै रहेछ रे । नेपाली जनता हाँसेकोमा किन पीर परेको ? रुवाउन खोजेका थियौ सकेनौं सक्दैनौ र दिनेछैनौं ।’

प्रधानमन्त्री ओलीले कसैले पनि जनताले प्राप्त गरेका उपलव्धिलाई गुम्न नदिने बताए । उनले भने, ‘देश प्रतिगमनतर्फ फर्कन सक्दैन । अविकास तर्फ होइन विकासतर्फ देश अगाडि बढ्छ ।’ उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने, ‘कोभिड १९ को समस्या छन्, कैयौं समस्या छन् । सत्ताधारी पार्टीभित्र भएको कपटपूर्ण समस्याले पनि विकासमा व्यवधान गरेको छ । अब आगामी दिनमा कसरी अघि बढ्ने भनेर लागिरहेका थियौं कोभिडले अलिकति पछाडि पार्यो । दुनियाँलाई क्षतिविक्षत बनायो तर हामीलाई त्यस्तो बनाउन सकेन । क्षति त पुग्यो अरु जस्तो क्षति गरेन । कोभिडको खोप निकट भविष्यमा आउँदै छ र कोभिडबाट छुटकारा पाएर विकासलाई द्रुततर गतिमा अघि बढाउछौं ।’

उनले सरकारले विश्वमा कुनै पनि देशले नगरेका ऐतिहासिक काम गरेको दाबीसमेत गरे । उनले भने, ‘विकासका थुप्रै कामहरु अघि बढेका छन् । खानेपानी, बाटोघाटो पुगेको विजुली पुगेका छन् । एकैदिन ३०९ वटा अस्पताल सिलान्यास गरेका छौैं । त्यो विश्वमै नभएको काम हो । हाम्रो विकासको आकांक्षा र प्रयास असाधारण छ ।’

उनले पार्टी र चुनाव चिन्ह चाहिए पार्टी बैठकमा आउन प्रचण्ड नेपाल समूहका नेतालाई आग्रह गरे । उनले भने, ‘ केन्द्रीय कमिटिको बैठक बोलाएँ मैले । केन्द्रीय कमिटीको बैठकमा केही नेता आएनन्, टाउको दुखेर हो कि के हो, पछाडि निर्वाचन आयोग पुगेका रैछन् असली हामी हौं चिन्ह र नाम चाहिन्छ भनेछन् । पार्टी छ आउनुस् न किन जानुपर्यो आयोग । बर्मजियामा पनि यस्तो हुँदैन । चुनाव घोषणा अपराध भयो भने सूर्य चिन्ह किन चाहियो ? जो एक पटक सूर्य चिन्हबाट चुनाव लडेको छैन उसलाई सूर्य चिन्ह रे । प्रचण्डलाई सूर्य चिन्हबाट चुनाव लडौं भन्दा मानेन् । सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुस् प्रचण्डजी ।’

उनले आफूले न्यायाधीशलाई भेट गरेको कुराका कुनै सत्यता नभएको बताए । उनले भने,‘ पुरानै संसद स्थापना हुनुपर्छ भनेर अदालत जानु भएछ । कुनै तर्क नभएर त्यहाँ जानुहुन्छ । फलानो न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए भनेर । यो भन्दा झुट कहाँ हुन्छ ? न्यायलय प्रणालीमाथि गम्भीर प्रहार हो । यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ? उहाँहरुलाई मैले अहिलेसम्म भेटेको छैन । सपना प्रधान मल्ललाई सर्वोच्चको न्यायाधीश हुनुअघि कार्यक्रममा देखेको हो । अनि यति बजे आएको यति बजे गएको भन्ने । अनि एउटा पत्रिका झुट बोल्ने ठेक्का लिएर बसेको छ । लाज पनि लाग्नुपर्ने हो । यो लोकतान्त्रिक संस्था माथिको हमला । केही तर्क रहेनछ उहाँहरुसँग ।’

उनले संसद विघटन संविधानको धारा र ऐन नियमअनुसार नै गरेको दाबी गरे । उनले भने, ‘मन्त्रिपरिषदले संसद विघटनको निर्णयमा धारा खुलाइएको छैन रे । त्यसमा धारा खुलाउनुपर्छ भन्ने संविधानको कुन धारामा छ ? क्याविनेटको निर्णय गरेर खुलेआम भनेर गरेको छ । उहाँहरुको जस्तो लुकेर अविश्वास प्रस्ताव गर्ने जस्तो हाम्रो चलन छैन । नेपालको संविधान बमोजिम विघटन गरेर निर्वाचनमा जाने भन्यौं । सिफारिस प्रधानमन्त्रीले गर्ने हो । वकिलहरुलाई थाहा हुनुपर्ने नि । हाम्रो देश र हाम्रो देश जस्तै संसदीय प्रणाली भएका देशको जसरी भनेर मैले सिफारिस गरेको छु । विघटन नै सन्देहास्पद छ र कठै संसदीय प्रणालीका अभ्यासमा आउनुस् न ।’

उनले नेकपा भन्ने नामको हाम्रो पार्टीमा जस्तो भाँडभैलो संसारमा कुनै पनि पार्टीमा नभएको र त्यसैको परिणाम अहिले आएको बताए । उनले भने, ‘नेकपा भन्ने नामको हाम्रो पार्टीमा जस्तो भाँडभैलो कुनै पनि पार्टीमा छैन । आफ्नै अध्यक्षका विरुद्ध टिभी, अखबारमा गयो उफ्रियो कुनै देशको राष्ट्रपतिमाथि जेपायो त्यही बोलेको छ अन्त कहीं यस्तो हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *