दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ देउरालीमा ट्रकमा आगलागी भएको छ । पोखरामा सिमेन्ट पुर्याएर फर्केको लु २ ख ११९ नम्बरको मालवाहक ट्रकमा आगलागी भएको हो ।
आगलागीबाट ट्रकको अगाडिको भागपूर्ण क्षति भएको छ । बिहान करिब सवा ५ बजे भएको घटनामा चालक भने भाग्न सफल भएका थिए । स्थानीय, प्रहरी तथा दमकलको सहयोगमा आगो निभाइएको थियो । वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
