USAID

नेपालमा कोभिड खोप परीक्षण गर्ने तयारी


डा.राजीव श्रेष्ठ
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल र काठमाडौं विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेल तयारीमा जुटेका छन् ।
खासगरी, विकासशील मुलुकहरुमा खोपको विकास गर्ने ग्लोबल अलायन्स (गाभि) लाई इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभिआई) कोरियाली कम्पनीले मद्दत गर्छ । यसले विश्व स्वास्थ्य संगठनकै लागि काम गर्ने हो । भ्याक्सिन प्रभावकारी छ भन्ने देखाइसकेपछि विश्व स्वास्थ्य संगठनले नेपालजस्ता विकासशील मुलुकलाई वितरण गर्छ ।
परीक्षण गर्न लागिएको भ्याक्सिन अष्ट्रेलिया र चाइनाको सहकार्यमा बनेको क्लोभर कम्पनीले बनाएको भ्याक्सिन हो । यो अरु देशमा पनि स्वीकृत भैसकेको छ । प्रीक्लिनिकल स्टडी जनाबरहरुमा गरिन्छ । प्रीक्लिनिकल, फ्रेज वन, फ्रेज टु भनेर परीक्षण भैसकेर यो फ्रेज थ्री ट्रायलमा आएको हो ।
फ्रेज थ्री ट्रायलमा भ्याक्सिन कत्तिको प्रभावकारी छ भनेर हेर्नेगरिन्छ । नेपालमा अहिलेसम्म प्रभाव हेर्ने परीक्षण भएको छैन र यो पनि असर तथा प्रभाव हेर्ने परीक्षण होइन । यो कत्तिको उपयोगी छ भनेर हेर्नको लागि परीक्षण गरिने हो ।
कुल ३४ हजारमा गरिने परीक्षणमा नेपालले १८ सयलाई मात्र परीक्षण गर्दछ । यस्तो परीक्षण अरु मुलुकमा पनि गरिंदैछ । बहुमुलुक परीक्षण प्रक्रियामा नेपाललाई पनि पहिला राम्रो काम गरेकोले छानेको हो ।
विश्व स्वास्थ्य संगठनको कोभिड भ्याक्सिन उत्पादन प्रक्रिया सफल बनाउन सघायौं भने हामीले मुलुकका लागि पहिचान हासिल गर्नसक्छौ । भ्याक्सिन दिएपछि मान्छेमा विकास गर्नुपर्ने रोग प्रतिरोधात्मक क्षमता एन्टीबडीजहरु जुन प्रक्रियाबाट निस्कनुपर्ने हो कति प्रभावकारी रुपमा निस्कियो भनेर हेरिन्छ । त्यस प्रकारको एन्टीबडी निस्केपछि हामी कोभिडबाट कति सुरक्षित हुन्छौं भन्ने अध्ययन–अनुसन्धान गर्न खोजिएको हो ।
खोप परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परीक्षद्को इथिकल बोर्डबाट गत शुक्रबार पास गरिसकिएको छ । अहिलेको नयाँ अध्यादेशअनुसार मन्त्रिपरीषद्बाट पनि पास हुनुपर्छ । मन्त्रिपरीषद्मा लैजाने प्रक्रियाका लागि बाटो खुलेको छ । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको समेत संयोजनमा मन्त्रिपरीषद्मा लैजानुपर्छ । छिटो बाटोबाट चाँडै भ्याक्सिन पाइयो भने हाम्रोजस्तो मुलुकका लागि राम्रो हो । फाइजर, मोडेना भ्याक्सिन नेपालमा आईपुग्न अझै एकदेखि डेढ वर्ष लाग्छ । त्यतिबेलासम्म कुर्नुभन्दा त यसलाई पनि फास्ट ट्रयाकमा राखिो भने यो भ्याक्सिन चाँडै आउँन सक्छ । हाम्रोजस्तो डेभलपिङ मुलुकका जनताले पनि चाँडै भ्याक्सिन पाऊन् भन्ने विश्व स्वास्थ्य संगठनको मुख्य उद्देश्य हो ।
यसको फलोअप अवधि कम्तिमा पनि एकबर्ष लाग्छ । कुनै औषधिले कसैलाई ठीक गरिराखेको हुन्छ, कसैलाई गर्दैन । यसका विभिन्न पाटाहरु हेर्नका लागि पनि एक वर्षसम्म फलोअप गर्नुपर्छ । यसको पूरै अध्ययन सकिनका लागि १६ महिना लाग्छ । यो खोप पनि दुई डोज नै लिनुपर्छ ।
यसबीच सरकारले भ्याक्सिन आउँछ भनेको छ । मलगायत स्वास्थ्य मन्त्रालय, स्वास्थ्य अनुसन्धान परीषद्को पदाधिकारी सहितको समिति बनेको छ । यो समितिले भनिरहेको छ अबको ६ देखि ७ महिनासम्म भ्याक्सिन आउँछ भनेर अपेक्षा गर्न मिल्दैन । किनभने हामी प्राथमिकतामा कतिमा छौं र भ्याक्सिन कत्तिको मात्रामा उत्पादन हुन्छ भन्ने कुरा निर्णायक हुन्छ । अर्को कुरा यस परीक्षणमा सहभागी भएका नाताले मुलुकले चाडै भ्याक्नि पाउँछ ।
एउटा मात्र कम्पनीले विश्वभरी भ्याक्सिन पुर्याउन सक्दैन । त्यसैले गर्दा विश्व स्वास्थ्य संगठनले ८ देखि १० वटा कम्पनीको भ्याक्सिनहरु लिन्छौ भनेको छ । यो विश्व स्वास्थ्य संगठनले सूचीकृत गरेको भ्याक्सिन हो । यो सकेसम्म चाँडो ट्रायल भयो र परिणाम राम्रो निस्कियो भने १६ महिना नकुरीकनै आकस्मिक स्वीकृति आएपछि खोप लगाउन सुरु हुन्छ ।
यो भ्याक्सिन स्वस्थ व्यक्तिमा दिएर एन्टीबडीहरु निस्कन्छ कि निस्कदैन भनेर हेर्ने हो । यो पोलियो, टिटानसको इन्जेक्सन दिनेजस्तै हो । व्यक्तिमा एनटीबडी विकास भयो कि भएन भनेर एक वर्षसम्म पाँच पटक अनुगमन हुन्छ, कतिसम्म एन्टीबडी बन्यो भनेर हेरिन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल एण्ड भ्याक्सिन ट्रायल टाक्सफोर्स गठन गरेको छ । त्यसमा म सदस्य सचिव छु । भ्याक्सिन ट्रायलमा धुलिखेल अस्पतालबाट अनुसन्धानकर्तामा म र डा. दीपेश ताम्राकार छांै । इष्टिच्यूट अफ मेडिसिन महाराजगञ्ज क्याम्पसबाट आईओएमका डिन डा. दिव्या सिंह शाह र डा. रश्मि श्रेष्ठ हुनुहुन्छ । धुलिखेल अस्पतालमा हाम्रो छुट्टै टीम छ त्यसमा डा. राम गुरुङ, डा. राजेन्द्र ताम्राकार, डा. निरेज वैद्य हुनुहुन्छ । उहाँहरुले विशेषगरी बिरामी व्यवस्थापन हेर्नुहुन्छ । मैले भ्याक्सिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने पक्ष हेर्छु ।
अन्त्यमा, यसमा नराम्रो प्रभाव कुनैपनि हुँदैन । अहिले फाईजर लगायतका कम्पनीको भ्याक्सिन दिएकोमा पनि अलि अलि त साइड इफेक्ट देखिएको छ । कतिपय अवस्थामा सिटामोल खाँदा पनि कतिको लिभर फेलियर भएको छ भने कति जनालाई एन्टीबायोटिक खाँदा पनि साइड इफेक्ट हुन्छ । तर परीक्षणमा लिइएका व्यक्तिहरु हाम्रो सुरक्षा निगरानीमा रहने भएकाले कसैले कत्ति पनि डराउनुपर्दैन । नेपाल समाचारपत्रबाट

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *