परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादैं

काठमाडौ । नेपाल–भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली आज बिहीबार भारतको नयां दिल्ली जादै छन । तीन दिने भारत भ्रमणका क्रममा भारतीय उच्च अधिकारीहरुसंग भेट गर्ने भएका छन ।
आयोगको बैठकमा नेपाल भारत सीमा क्षेत्र ब्यवस्थित गर्ने ब्यापार तथा पारवहनको बिषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका दौरानमा परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना संक्रमण बिरुद्धको खोपको बिषयमा भारतसंग सहकार्य गर्ने बिषयमा समेत छलफल गर्ने बताइएको छ ।
तीनदिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने संभावना रहेको छ । उनींसंग भेट नभए राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसंग भेट गर्ने सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *