USAID

थप ४४५ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु, ४१४ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६१४३ पुगेको छ ।

त्यसैगरी बुधबार थप ४१४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना सक्रमणमुक्त हुनेको संख्या २५९७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ । क्वारेन्टाइनमा २३७ जना रहेका छन् भने आइसोलेसनमा ४४३४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *