आयल निगमको १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ गरेको जनाएको छ ।

निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ ।

निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले साधारणसभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *