कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।

विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने अदालतले शिघ्र निर्णय हुनुपर्ने बताउँदै आएका थिए । चालू शैक्षिक सत्रमा कक्षा ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *