सुन लुटेको आशंकामा सई इटानी पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा सुन लुटिएको घटनामा नेपाल प्रहरीका नायव निरीक्षक नवराज इटानी पक्राउ परेका छन् ।
काठमाडौं प्रहरीले सई इटानीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । शंकास्पद भूमिका देखिएपछि इटानीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।

पुस दोस्रो साता महाराजगञ्जबाट सुन लुटिएको थियो । सोही घटनामा दोषी रहेको आशंकामा प्रहरीले सई इटानीलाई पक्राउ गरेको छ ।महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी रोशन खड्का सुन हराएको घटनामा मुछिएका थिए ।डीएसपी खड्काले सुर्खेतका दीपक नेपालीलाई प्रलोभनमा परेर थुनामुक्त गरेको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *