भिरुँगा। प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वमा पर्ने प्रसिद्ध भिरुँगा राष्ट्रिय निकुन्जमा छ जना बन निकुन्ज अधिकारी अर्थात रेन्जर एक आक्रमणमा मारिएका छन् । सरकारी अधिकारीहरुले सो क्षेत्रमा सक्रिय थुप्रै छापामार समुह मध्ये एक माइ माइ नामक समुहलाई यस घटनाका लागि जिम्मेवार ठहराएका छन् ।
निकुन्ज भित्रै पैदल गस्तीमा रहेको समय ती रेन्जरहरुलाई एम्बुसमा पारिएको निकुन्जका प्रवक्ताले वीवीसीलाई जानकारी दिलाएका छन् । लापोन्मुख पहाडी गोरिल्लाका समेत वासस्थान मानिने यस निकुन्जका कर्मचारीहरु माथि वारम्वार यसरी आक्रमण गरिने गरेको छ । यस्तै अर्को लडाकु आक्रमणमा गतवर्षको अप्रिलमा १३ जना रेन्जर मारिएका थिए ।
कंगोको यो भिरुँगा निकुन्ज युनेस्कोको विश्व सम्पदा सुचि भित्र पर्दछ । आइतवार बिहान भएके अचानक हमलामा रेन्जरहरुले प्रतिकर गर्ने मौका नै नपाएको बताइएको छ । सोही हमलामा सख्त घाइते भएका अर्का एक रेन्जरको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
