अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई वटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिाबान लडाकू मारिएका सैनिक स्रोतले जानकारी दिएको छ । कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका छन् ।
उरुज्गान प्रान्तमा ११ आतङ्ककारी मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ आतङ्ककारी मारिनुका साथै अन्य पाँच घाइते भएका पनि सेनाले बताएको छ ।
अफगान सुरक्षा अधिकारीले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीमा निकै हदसम्म सफलता प्राप्त भएको छ । तापनि सन् २०११ बाट सरकारसँग लडाई गर्दै आएका तालिबान लडाकूहरुले सरकारी व्यक्तित्व र सुरक्षा बललाई लक्षित गर्दै आक्रमण गर्ने गरेका छन् । आक्रमणहरुमा बारम्बार सर्वसाधारणले ज्यान गुमाउने क्रम जारी नै रहेको छ ।
