थप ४८८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु, ५२७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६५२६८ पुगेको छ ।

त्यसैगरी सोमबार थप ५२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५८९६८ पुगेको छ । पछिल्लो २४ घण्टाम थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२७ पुगेको छ । क्वारेन्टाइनमा २३७ जना छन् भने आइसोलेसनमा ४३७३ जना रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *