सरकारविरोधी प्रदर्शनमा तरुण दलका कार्यकर्ताहरुबीच नै झडप, ६ घाइते

इटहरी । सरकारविरोधी आन्दोलनको क्रममा रहेको नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलकै कार्यकर्ताहरुबीच इटहरीमा झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् ।
इटहरीमा विरोध प्रदर्शनको लागि र्‍याली निकालिसकेपछि कोणसभाको क्रममा दुई पक्षबीच झडप भएको हो । लामो समयदेखि तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ र नेविसंघका पूर्व केन्द्रीय उपसभापति भइसकेका विकास केसीबीचको विवादले झडप निम्त्याएको बताइएको छ ।

यद्यपी केसीले आरोप अस्वीकार गरेका छन् । गत पुस १५ गते तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीले मनोज लिम्बुलाई नगर उपाध्यक्षमा मनोनयन गरेका थिए । तर लिम्बु पूर्णकालीन सदस्य नभएको भन्दै जिल्ला समितिले खारेज गरेपछि विवाद चर्किएको थियो । जुलुस सकिएर कोणसभाका क्रममा चोकमै दुई समुहबीच हानाहान भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *