भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।
भूकम्पबाट भएको क्षतिको बारेमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।
भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ । भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ ।
