USAID

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाई गर्न पुरानै संवैधानिक इजलासलाई निरन्तरता


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पुरानै संवैधािनक इजलासलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् ।

यसअघि गठन भएको संवैधानिक इजलासमा पनि यीनै न्यायाधीशहरु थिए । इजलासमा प्रतिनिधिसमा विघटनविरुद्ध परेका रिट निवेदनहरुको नियमित सुनुवाइ गर्ने बताइएको छ । सर्वोच्च अदालतको आदेशअनुसार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखले लिखित जवाफ दिइसकेका छन् ।

कानुन व्यवसायीहरुले ठूलो महत्वको यो मुद्दा संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने भनी मंगलबार नै निवेदन दिएका छन् । त्यो निवेदनमाथि समेत संवैधानिक इजलासले सम्बोधन गर्नेछ । मागबमोजिम भयो भने मुद्दाको सुनुवाइका लागि बृहत् पूर्ण इजलास गठन हुनेछ भने निवेदनमाथि सम्बोधन नभए संवैधानिक इजलासले नै अब विघटनको मुद्दा सुनुवाइ गर्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *