प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्दैछ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका एक दर्जन भन्दाबढी रिटलाईलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाइसकेको छ ।

पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार दुवै कार्यालयले पुस १९ गते सर्वोच्चमा जवाफ पठाइसकेका छन् । संवैधानिक इजलासले यो मुद्दामा राय दिन एमिकस क्युरी पनि गठन गर्ने भनेको थियो । नेपाल बार एसोसियसन र सर्वोच्च बारले पाँच जना एमिकस क्युरी पनि छनौट गरिसकेका छन् ।

नेपालको संविधान २०७२ मा प्रधानमन्त्रीले यसरी प्रतिनिधि सभा विघटन गर्न पाउने व्यवस्था नै नभएको भन्दै राजनीतिक दलहरू यसको विरोधमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *