काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना सेनालाई कुनै पनि बेला युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । भारतसँग विवाद बढिरहेकै बेला उनले युद्धका लागि चिनियाँ सेना तम्तयार रहेको जानकारी दिएका हुन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले आफ्नो सेनालाई सैनिक अभ्यास गर्न निर्देशनसमेत दिएका छन् । उनले वास्तविक लडाईको परिस्थितिलाई ध्यानमा राख्दै सैन्य प्रशिक्षण गर्न र जसरी पनि युद्ध जित्ने तयारीमा रहन आदेश दिएका हुन् ।
केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएको पनि समाचारमा जनाइएको छ ।
