थप ५२२ जनामा कोरोना संक्रमण, आठ जनाको मृत्यु, ५७८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको २६२७८४ पुगेको छ ।

त्यसैगरी मंगलबार थप ५७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कारोना संक्रमणमुक्त हुनेको संख्या २५५६६६ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९३ पुगेको छ । क्वारेन्टाइनमा ३४२ जना छन् भने आइसोलेसनमा ५२२५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *