काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ ।
बागबजारस्थित अनेरास्ववियूको कार्यालयमा मंगलबार बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक क्याम्पसमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।

