असान्जलाई अमेरिका सुपुर्दगी गर्न नसकिने बेलायती न्यायाधीशको भनाइ

अमेरिकाविरुद्ध जासूसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण नगर्ने निर्णय एक बेलायती न्यायाधीशले गरेका छन् ।

गोप्य कागजातलाई अनलाइनमा छापेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लण्डनलाई दवाव दिँदै आएको छ । “अष्ट्रेलियाली अनलाइन प्रकाशक असान्जले मानसिक जोखिम लिनसक्ने दवाव देखिएकोले मैले उहाँको रिहाइ गर्न आदेश दिन्छु,” जिल्ला न्यायाधीश भेनेसा बाराएत्सेरले भने ।

उनले भने, “उहाँलाई यदि संयुक्त राज्य अमेरिकामा हिरासतमा लिइएको खण्डमा असान्जले स्वतन्त्र रूपमा मानिसहरूलाई भेट्न पाउने सम्भावना कम रहने साथै सामाजिक अन्तरक्रियाका लागि कम अवसर मिल्नेछ । यसले उहाँको बाह्य विश्वसँगको सम्पर्कलाई न्यून पारिदिनेछ र गम्भीर प्रतिबन्धको सामना गर्नु पर्नेछ ।”

चिकित्सकले मानसिक रोगी भएको पहिचान गरेका र आत्महत्याका लागि पटकपटक प्रयास गरेका व्यक्तिले शारिरिक जोखिम मोल्ने सम्भावना रहेको आदेशमा उल्लेख छ । असान्जलाई धरौटीमा रिहा गर्नुपहिले हिरासतमा राख्न भनिएको छ ।

यद्यपि अमेरिका र बेलायती अभियोजनकर्ताहरूले बाराएत्सेरको फैसलालाई अपील गर्न सक्नेछन् । असान्ज र उनको कानुनी टोलीले लामो समयदेखि प्रेस स्वतन्त्रताको प्रमुख कारण बनेको लामो मुद्दा राजनीतिक रूपले प्रेरित भएको दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *