न्युर्योक । अमेरिकी संसदको सभामुख पदमा न्यान्सी पेलेसी पुनः विजयी भएकी छिन् । प्रतिनिधिसभाको पूर्ण सदनले नयाँ सभामुखको चयन गर्ने क्रममा उनी पुनःउक्त पदमा विजयी हासिल गर्न सफल भएकी हुन् ।
उनले प्रतिनिधि सभाको डेमोक्र्याटिक नेताको रूपमा १७ वर्ष सेवा गरेकी छिन् । उनले अमेरिकी कंग्रेसको १ सय १७ औं भेला हुनुअगाडि सभामुख पदमा पुनः उम्मेदवारी दिएपछि पत्र लेखेकी थिइन् । उनले कूल मत २१६ प्राप्त गर्दै पुन लगातार दोश्रो पटकको लागि सभामुखमा चयन भएकी हुन् ।
उनी २००७ ,२००९, २०१९ र २०२१ मा समेत सभामुख पदमा विजयी भएकी थिईन ।
