काठमाडौँ । जग्गा विवादमा हत्या गरी फरार भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको विवाद हुँदा कुटपिट गरेर हत्या गरेका आरोपमा फरार रौतहटको गरुडा नगरपालिका–७ भिमडाबरका नागेन्द्र ठाकुर लोहार पक्राउ परेका हुन ।
गत मङ्सिर १० गते लोहारसहितका चार जनाले जग्गाको विवादमा सोही ठाउँका ४५ वर्षका फतिङा ठाकुरलाई कुटपिट गरेका थिए । कुटपिटबाटै उनको मृत्यु भएको थियो ।
हत्यालगत्तै फरार रहँदै आएका लोहारलाई बौधीमाई नगरपालिका ७ स्थित बंकुल बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो । पक्राउपछि उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
