कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • 1
    Share

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । करिव एक साताको विश्रामपछि बैठक सुरु हुन लागेको हो । कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

प्रतिनिधिसभा पुनःस्थापनाको लागि आन्दोलन गर्ने कि सर्वोच्च अदालतको फैसला कुर्ने भन्ने कांग्रेसमा विवाद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलनमा जानुपर्ने पक्षमा छन् भने सभापति शेरबहादुर देउवा सर्वोच्चको फैसला कुर्नुपर्ने पक्षमा छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *